अध्यक्ष साम्पाङद्वारा मनोनयन दर्ता
वि.सं.२०८२ माघ ६ मंगलवार १९:११
shares

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन ।
धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुख समेत रहेका उनले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा पुगेर मनोनय दर्ता गराएका हुन । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका–८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ । जिल्लाभर कूल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

























