काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्य दलले म्याग्दीबाट निर्वाचन उम्मेदवारको टुङ्गो लगाए

2.1K
shares

बेनी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट धु्रव घिमिरेले उम्मेदवारी दिने भएको छ ।

पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसकेको छ । मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ भने उहाँ विसं २०७९ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएको थियो ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिन लागेका भण्डारी पार्टीको जिल्ला उपसभापति हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिन लागेका थापा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा होमिएको थियो । उनको अहिले पार्टीको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा हुन् ।

रास्वपाबाट उम्मेदवार हुन लागेका मगर पार्टीको जिल्ला सभापति हुन् भने नेकपा (माओवादी)बाट उम्मेदवार बन्न लागेका घिमिरे पार्टीको पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज हुन् । एमालेबाट उम्मेदवार बन्न लागेका श्रेष्ठबाहेक अन्य चार जना पहिलो पटक चुनावमा होमिएको हो ।

यसपटक जिल्लामा दल गठबन्धन नगरिकन चुनावमा होमिएका छन् । आगामी निर्वाचनका लागि म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र छ । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।