काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रौतहट निर्वाचन : १५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा पारिँदै

2.16K
shares

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।

जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।

१५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने १०० वटालाई संवेदनशील र बाँकी २५ वटालाई सामान्य सूचीमा राखिएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख्या ५४१ कायम गरिएको जानकारी दिए । उनका अनुसार क्षेत्र नं। १ मा ६७, क्षेत्र नं। २ मा ७३, क्षेत्र नं. ३ मा ७७ र क्षेत्र नं. ४ मा ६१ मतदानस्थल कायम गरिएको छ । यस अघिको निर्वाचनमा २७६ मतदानस्थल रहेकामा यस वर्ष गरुडा नगरपालिका–६ मा एउटा नयाँ स्थल थप गरी कुल संख्या २७७ पु¥याइएको उनको भनाइ छ ।

रौतहटमा यस वर्ष मतदाताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। २०७९ को निर्वाचनमा ४ लाख १५ हजार ४५५ मतदाता रहेकोमा यसपटक २१ हजार १५६ जना नयाँ मतदाता थपिएका छन्। यससँगै जिल्लामा कुल मतदाताको संख्या ४ लाख ३६ हजार ६११ पुगेको छ।

२ गाउँपालिका र १६ नगरपालिका गरी १८ वटा स्थानीय तह रहेको रौतहटमा चुनावी सरगर्मी बढेसँगै सुरक्षा निकायले गस्ती र निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी भुसालले भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षाकर्मीको उचित परिचालन र समन्वय भइरहेको बताए। रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।