global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीकी प्रादेशिक प्रमुख धर्म कुमारी राजवंशीका अनुसार उपभोक्तालाई सहज, पारदर्शी र प्रविधिमैत्री सेवा दिने उद्देश्यले खाद्य एटीएम सञ्चालनमा ल्याइएको हो । उनका अनुसार यो प्रणाली बैंकको एटीएम जस्तै डिजिटल प्रविधिमा आधारित छ, जहाँ उपभोक्ताले आवश्यक खाद्यान्नको परिमाण आफैं इन्ट्री गरेर प्राप्त गर्न सक्छन् ।

खाद्य एटीएम प्रयोग गर्दा सेवाग्राहीले आफ्नो नाम, विवरण तथा आवश्यक परिमाण ९१ केजीदेखि २० केजीसम्म० प्रणालीमा इन्ट्री गर्नुपर्ने हुन्छ । विवरण प्रविष्ट गरेपछि बिल जेनेरेट हुन्छ र सोही आधारमा चाहिएको परिमाणको खाद्यान्न ५ देखि १० सेकेन्डभित्र प्राप्त गर्न सकिन्छ । आवश्यकता अनुसार एकभन्दा बढी पटक पनि खाद्यान्न लिन सकिने व्यवस्था गरिएको छ ।

हाल खाद्य एटीएममा दुईवटा कन्टेनर जडान गरिएको छ, जसमा एक–एक मेट्रिक टन क्षमताका गरी कुल दुई टन खाद्यान्न भण्डारण गर्न सकिने व्यवस्था छ । सुरुमा चामल मात्रै राखिएको छ भने भविष्यमा अन्य खाद्यान्नसमेत समावेश गर्ने योजना रहेको राजवंशीले बताइन् ।

भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल रहेको छ । उपभोक्ताले क्युआर कोडमार्फत सबै बैंकबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, उपभोक्ताले प्राप्त गरेको परिमाणको विश्वसनीयता सुनिश्चित गर्न एटीएम नजिकै तौल मेसिन पनि राखिएको उनले बताईन् ।

डिजिटल प्रणाली भएकाले सबै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले यो एटीएम सञ्चालनका लागि एक जना अपरेटरसमेत खटाइएको छ । परीक्षण चरणमा रहेको यस सेवाप्रति उपभोक्ताको प्रतिक्रिया मूल्यांकनपछि थप सुधार तथा विस्तार गरिने कम्पनीको योजना छ ।

प्रारम्भिक चरणमा खाद्य कम्पनीको केन्द्रिय कार्यालय थापाथलीमा यो एटिएम मसिन राखिएको छ भने चाँडैनै सुर्खेतमा समेत यस्तो एटीएम राख्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु