गृहपृष्ठ आज २०८२ पौष २६ गतेको राशिफल यस्तो रहेको छ
आज २०८२ पौष २६ गतेको राशिफल यस्तो रहेको छ
वि.सं.२०८२ साल पौष २६ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी १० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–सप्तमी, ११ घडी २ पला, बिहान ११ बजेर २३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–हस्त, २९ घडी २७ पला, बेलुकी ६ बजेर ४५ मिनेट उप्रान्त चित्रा । योग– अतिगण्ड, ३३ घडी १७ पला, बेलुकी ८ बजेर १७ मिनेट उप्रान्त सुकर्मा । करण–बव, बिहान ११ बजेर २३ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २६ घडी ८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो । आफन्तसँग मनमुटाब बढ्ने छ । शत्रुहरू बढ्ने छ। व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । आफन्त तथा सन्तानबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्रीको लगानीबाट नाफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोको छ । स्वास्थ्यमा सामान्य समस्या आउने, छाती सम्बन्धी समस्या बढ्नेछ । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला, बलजफ्ती गर्दा समस्या आउन सक्छ । छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन जाने छैंन । यात्रा गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । आफन्तको सहयोग पाइनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न योग छ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
घर परिवारमा सुख । सामाजिक काममा नाम कमाउन सकिनेछ । आयस्रोतमा वृद्धि गर्न सकिने । सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लगानी गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढी मेहनत गर्नु पर्ने छ । विदेशी लगानीबाट मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । आफन्तबाट भने जस्तोहयोग हुनेछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेको छ । राजनीति मा लाग्नेहरु काम गर्दा गर्दै आलोचनाको सिकार हुने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने । विदेश जान भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खानपान दिनुहोला स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजाने । प्रेममा धोका हुने । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ । बिलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने छ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
प्रकाशित समय : ०७:४१ बजे



















