काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक महिनामा करिब दुई हजार पाँच सय अफगान कैदीहरू इरान, पाकिस्तानबाट स्वदेश फिर्ता

2.02K
shares

छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ हजार ५०० अफगान नागरिकहरू गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार स्वदेश फर्केका अधिकांशलाई वैध तथा आप्रवासी कागजातहरू नभएको वा आफ्नो भिसामा उल्लेख गरिएको भन्दा समय बसेको कारण हिरासतमा लिइएको थियो । बन्दीहरूले फिर्ता हुन अघि दुई महिना हिरासतमा बिताएको बताइएको छ ।

अफगानिस्तान फर्के पछि, उनीहरूलाई सम्बन्धित अधिकारीहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ । जहाँ तिनीहरूको आधारभूत जानकारी दर्ता गरिएको थियो । स्वदेश फर्के पछि उनीहरुलाई आपतकालीन सहायता प्रदान गरी आफ्नो गृह प्रान्तमा फर्कन सजिलो बनाउन समन्वय गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस