global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा मिडिया सेन्टर सञ्चालन गरिएको हो । महाधिवेशन सम्बन्धी सूचना, समाचार तथा अन्य सामग्रीको प्रभावकारी प्रसार–प्रसारमा सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

उनका अनुसार मिडिया सेन्टरमार्फत विशेष महाधिवेशनसँग सम्बन्धित समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अन्य सूचना सामग्री सञ्चार माध्यमसम्म सम्प्रेषण गरिनेछ ।नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु