काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बंगलादेशमा १८ दिनमा छ हिन्दूको हत्या, मारिनेमा पत्रकार पनि

2.06K
shares

बंगलादेशको नरसिंदी जिल्लामा सोमबार राति एक हिन्दू पसलेको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मृतक ४० वर्षीय शरत चक्रवर्ती मनी हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार यो पछिल्लो १८ दिनमा हिन्दू व्यक्तिको छैटौं हत्या हो।

रिपोर्टका अनुसार शरत चक्रवर्ती मणि पलाश उपजिल्लाको चारसिन्दुर बजारमा आफ्नो किराना पसल चलाइरहेका थिए। अज्ञात आक्रमणकारीहरू अचानक आए र घटनास्थलबाट भाग्नुअघि उनीमाथि धारिलो हतियारले आक्रमण गरे ।

गम्भीर घाइते मणिलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय मिडियाका अनुसार डिसेम्बर १९ मा मणिले फेसबुकमा देशमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै आफ्नो क्षेत्रलाई मृत्युको उपत्यकाको रूपमा वर्णन गरेका थिए । अस्पताल आइपुग्दा डाक्टरहरूले शरत चक्रवर्ती मणिलाई मृत घोषित गरे।

सोमबारै जेसोर जिल्लामा एक हिन्दू व्यक्तिको पनि गोली हानी हत्या गरिएको थियो । बरफ कारखानाका मालिक राणा प्रताप बैरागीको मोनिरामपुर क्षेत्रमा सार्वजनिक रूपमा हत्या गरिएको थियो।