global ime bank Long Banner Ad

गृहपृष्ठ सोलु हाइड्रोपावरको आईपीओ पुस २९ देखि सर्वसाधारणका लागि खुल्दै

सोलु हाइड्रोपावरको आईपीओ पुस २९ देखि सर्वसाधारणका लागि खुल्दै

सोलु हाइड्रोपावरको आईपीओ पुस २९ देखि सर्वसाधारणका लागि खुल्दै

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने जनाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २ करोड कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न भइसकेको छ।

अब बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागिएको हो ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु