global ime bank Long Banner Ad

गृहपृष्ठ सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहको हो ।

बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।

बैंकले अब बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आवेदन पुस २० गते बैंकिङ्ग समयसम्म दिन सकिनेछ । तर पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु