global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपा अध्यक्ष प्रचण्ड आज दिल्ली जाँदै

नेकपा अध्यक्ष प्रचण्ड आज दिल्ली जाँदै

नेकपा अध्यक्ष प्रचण्ड आज दिल्ली जाँदै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग एकतापछि बनेको नेकपा संयोजक रहेका प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रचण्डले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड सन्देश सभालाई सम्बोधन गरे लगत्तै सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रचण्डको दिल्ली बसाइका अन्य भेटवार्ताबारे भने केही खुलाइएको छैन ।

नेपाली समाज भारतका महासचिव आरबी खड़काका अनुसार प्रचण्डले सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु