global ime bank Long Banner Ad

गृहपृष्ठ नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिए । उनका अनुसार पुरुष एक लाख २९ हजार ९७० र महिला एक लाख २४ हजार १८३ जना रहेका छन् भने अन्यमा चार जना छन् ।

नयाँतर्फ ११ हजार ५०७ जनाले नामावली दर्ता गराएका लोनियाले बताए । “नागरिकताबाट दर्ता गराउने छ हजार १४१ जना रहेका छन् र राष्ट्रिय परिचयपत्रबाट दर्ता गराउने पाँच हजार ३६६ जना छन्”, उनले भने, “मतदाता नामावलीमा नाम समावेश भए पनि १८ वर्ष पूरा नभएकाले मतदान गर्न पाउँदैनन् ।”

प्रकाशित समय : ०५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु