पूर्वराष्ट्रपति भण्डारीद्वारा डा. आचार्यको स्वास्थ्यलाभका कामना
वि.सं.२०८२ पुस १२ शनिवार २१:१९
shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
आज पुरानो बानेश्वरस्थित उनको निवासमा पुगेर डा आचार्यका परिवारजनसँग भेट गरी अस्वास्थ्य रहेकी डा आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । डा आचार्यले पूर्वराष्ट्रपति भण्डारी तत्कालीन समयमा राष्ट्रपति रहेको बेला विज्ञ सल्लाहकारका रूपमा महत्वपूर्ण योगदान दिएको थियो ।

























