काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

2.21K
shares

काठमाडौँ । अर्थमन्त्री तथा सङ्घीय मामिला तथा सामान्यमन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गरेका छन्।

नेपाल जनप्रशासन सङ्घ (पान) को २६औँ साधारणसभा तथा ‘युवा आकाङ्क्षा अनुसारको सुशासन’ विषयक २१औँ राष्ट्रिय सम्मेलनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्रीसमेत रहनुभएका खनालले कर्मचारीतन्त्रले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई माथि राखेर परिणाममूलक काममा लाग्नुपर्नेमा जोड दिए।

उनले राजनीतिक नेतृत्व तथा प्रशासनमा इमानदारिता र व्यावसायिकता कायम भएका युवाद्वारा सुशासन र सुधार सम्भव रहेको धारणा राखे।

सम्मेलनमा नेपालको समसामयिक राजनीतिक, सामाजिक र प्रशासनिक सन्दर्भमा युवाको बढ्दो असन्तुष्टि, सक्रियता र सुशासनसम्बन्धी अपेक्षामाथि छलफल गरिएको छ।

नेपालमा जेनजीपुस्ताको सक्रियता, असन्तुष्टि र वैचारिक हस्तक्षेप नयाँ चरणमा प्रवेश गरेकाले यसलाई लोकतान्त्रिक चेतना र शासन सुधारको मागका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको छ।

छलफलपश्चात् लोकतान्त्रिक चेतना र शासन सुधारका पक्षमा युवापुस्ताको माग र चेतावनीका रूपमा जेनजी आन्दोलन भएको व्याख्या गर्दै शासन प्रणालीभित्रका संरचनागत कमजोरी, भ्रष्टाचार, बेरोजगारी, अवसरको असमान वितरण अन्त्य गर्नेलगायत ११ बुँदे सुझावसहितको अवधारणा जारी गरिएको छ।

पारित प्रस्तावमा शासकीय वैधता बहुमत र सङ्ख्यामा मात्र नभई सारभूत र अर्थपूर्ण सहभागिता र समन्यायिक शासकीय लाभांश वितरणमा खोजिनुपर्ने, सुशासन कार्यान्वयन राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने, युवामैत्री शासन प्रणाली र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने, युवा आकाङ्क्षाको यथार्थपरक व्यवस्थापन र सम्बोधन हुनुपर्ने, तीव्र आर्थिक वृद्धिसहित देशभित्रै रोजगारी, उद्यमशीलता र युवा रोजगारी सिर्जनामा तत्काल प्रभावकारी कदम चालिनुपर्नेलगायत रहेका छन्।