गृहपृष्ठ एशेज टेस्टमा एकैदिन २० विकेट खस्यो, अस्ट्रेलियालाई ४६ रनको अग्रता
एशेज टेस्टमा एकैदिन २० विकेट खस्यो, अस्ट्रेलियालाई ४६ रनको अग्रता
अस्ट्रेलियासँगको एशेज टेस्ट क्रिकेट शृङ्खलाको चौथो खेलको पहिलो पारीमा इङ्ग्ल्यान्ड १ सय १० रनमै अलआउट भएको छ ।
खेलको पहिलो दिनको चिया समयपछि ब्याटिङ शुरू गरेको इङ्ग्ल्यान्डले २९ ओभर ५ बलमा १ सय १० रन बनाउँदा सबै विकेट गुमायो । इङ्ग्ल्यान्डका ह्यारी ब्रूकले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिए ।
यसअघि आजै घरेलु मैदान मेलबर्नमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा १ सय ५२ रन बनायो । अस्ट्रेलियाका माइकल नेसरले सबैभन्दा धेरै ३५ रन बनाए । इङ्ग्ल्यान्डका जोश टङ्गले ५ विकेट लिए ।
यस्तै आजै दोस्रो पारीको ब्याटिङ शुरू गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा एक विकेट पनि नगुमाइ ४ रन बनाएको छ । योसँगै अस्ट्रेलियाले ४६ रनको अग्रता लिएको छ ।
एशेज टेस्ट शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । अस्ट्रेलियाले पहिलो टेस्ट ८ विकेट, दोस्रो टेस्ट ८ विकेट र तेस्रो टेस्ट ८२ रनले जितेको थियो ।
प्रकाशित समय : १५:५८ बजे


















