nmb bank

गृहपृष्ठ १० वटा घडियाल गोही प्राकृृतिक बासस्थानमा छाडियो

१० वटा घडियाल गोही प्राकृृतिक बासस्थानमा छाडियो

१० वटा घडियाल गोही प्राकृृतिक बासस्थानमा छाडियो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीको परेवा ओडारमा फेरी १० ओटा घडियाल गोहीका बच्चा बबई नदीमा छाडेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माको उपस्थितीमा बबई नदीमा १० ओटा गोहीका बच्चा प्राकृतिक बासस्थानमा छाडिएको हो ।

निकुञ्जको हाताभित्र हुर्किएका ४ वर्ष उमेरका ५ ओटा भाले र ५ ओटा पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा।अशोक कुमार राम र जबरजंग गणका निमित्त गणपति मुकुन्द न्यौपानेलगायत निकुञ्जका कर्मचारीहरू गोहीको बच्चा छाड्ने कार्यक्रममा सहभागी भएका थिए ।

गत असोज ३० गतेपनि गोही प्रजनन् केन्द्रमा हुर्किएका पाँच भाले र पाँच पोथी गरी १० ओटा घडियाल गोही निकुञ्ज भित्र रहेको खौराहा खोलामा छोडिएको थियो । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले अझैपनि करिब दुई सय गोहीका बच्चा प्रजनन् केन्द्रमा हुर्किरहेको बतााए । ०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा ०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो ।

०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० र खौराहा खोलामा १० गरी जम्मा ३३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो । प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन् ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु