nmb bank

गृहपृष्ठ एनआइएचएसले यही शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने

एनआइएचएसले यही शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने

एनआइएचएसले यही शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस ९एनआइएचएस०ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

आउने शनिबार,पुस १२ गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए ।
उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेका जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

उनले भने,‘जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउन, उहाँहरुको रोग पत्ता लगाइदिन र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेको हौं । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने हाम्रो आकांक्षा हो ।’
त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिन सकिने पनि जानकारी दिए ।
‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । यसमा विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न सक्नुहुने छ । क्यान्सर, पेट, छाला, कलेजो र दाँतसँग सम्बन्धित डाक्टरसँग परामर्श लिन सक्नुहुनेछ । आफ्नो रोगको निधानको विषयमा सुझाव लिन सक्नु हुनेछ । औषधिहरु पनि केही छुटमा दिने छौं’, उनले भने ।

 

प्रकाशित समय : १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु