एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट
वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:२१
shares

काठमाडौं । नेकपा ९एमाले० को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।
शनिबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् ।
पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिवसहित केन्द्रीय नेतृत्व चयन हुनुका साथै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

























