global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे  एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

माछापुच्छ्रे  एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

माछापुच्छ्रे  एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

काठमाण्डौं । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे« एसआईपी योजना’को इकाई खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे« क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाई निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ ।

कोष प्रवद्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाई छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९ आस्वा सदस्य का कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालको लगानी बजारमा एक आकर्षक अवसरको रुपमा हेरिएको छ ।

प्रकाशित समय : ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु