काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इनरुवा–३ का मतदाता भन्छन्ः ‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’

2.42K
shares

इनरुवा । सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि सरकारीले सम्पूर्ण तयारी गरिरहेको छ भने सुरक्षाकर्मीसमेत परिचालन गरेको छ ।

निर्वाचनका लागि राष्ट्रपतिले सेना परिचानका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् भने सुनसरीको विभिन्न ठाउँमा उम्मेदवारको चर्चासमेत सुरु भएको छ ।

आगामी फागुन २१ गतेलाई घोषणा गरेको निर्वाचनमा मतदान गर्न सुनसरी क्षेत्र नं ४ मा पर्ने इनरुवा नगरपालिका–३ का मतदाताले आफूहरू मतदान प्रतिक्रियामा सहभागी हुन प्रतिक्षारत रहेको प्रतिक्रिया दिनएका छन् ।

आफूहरू मतदान गर्न आतुर भए पनि मतदाताको पहिलो प्राथमिकतामा विकास निर्माण र मुलुकको समृद्धि भएकाले निर्वाचित व्यक्तिले जनचाहना अनुसार कामलाई केन्द्रमा राख्नुपर्नेमा स्थानीय मुसनी सदाले जोड दिए । आगामी फागुन २१ गतेको निर्वाचन प्रक्रियामा सक्रियताका साथ सहभागी हुने जनाउँदै उनले आफूहरूको पहिलो प्राथमिकता र माग विकास निर्माण रहेको उनले बताए ।

इनरुवा–३ स्थित सदा बस्तीका स्थानीयले अहिले दूषित पानी उपभोग गर्नुका साथै सडक, सडक बत्ति, सार्वजनिक शौचालयलगायत समस्या झेल्दै आएकाले ती समस्या समाधान गरी स्थानीयको जीवन सहज बनाउनेतर्फ केन्द्रित व्यक्तिलाई मतदान गर्ने स्थानीय खट्टर सदाले बताए।

इनरुवा नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि अहिलेसम्म सदा बस्तीका बालबालिका खुला स्थानमा दिसापिसाब गर्न बाध्य रहेका स्थानीयले बताएका छन् । निर्वाचनका बेलामा खुट्टा ढोग्दै मत माग्न आउने नेता विजयी भएपछि नफर्किने भएकाले यो पटक निर्वाचनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने व्यक्ति छनोट गर्ने उनले उल्लेख गरे ।

विपन्न सदा समुदायका नाममा राजनीति गर्ने, चुनावी एजेण्डा बनाएर विजयी भएपछि सो समुदायका नागरिकको खबरसमेत लिन कोही नफर्किएका स्थानीयले बताएका छन् ।

“स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी निर्वाचित भएको हो । त्यसयता उनले फर्किएर आएको छैन”, इनरुवा–३ का विजय सदाले भने । यस पटकको निर्वाचनमा सबैले मुलुक र नागरिकको हितमा काम गर्ने व्यक्ति छनोट गर्नुपर्नेमा उनले बताए ।