global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कार्यालय भवन बनेको दशकपछि बाटोको निकास

कार्यालय भवन बनेको दशकपछि बाटोको निकास

म्याग्दी । सामाजिक विकास कार्यालय, म्याग्दीको कार्यालय रहेको भवन निर्माण भएको एक दशकपछि त्यहाँ पुग्ने बाटोको निकास खोलिएको छ ।

विसं २०७२ मा निर्माण भएको तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय सञ्चालन हुँदै आएको थियो ।

महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिकहरूलाई सेवा दिने र उनीहरू लक्षित कार्यक्रम सञ्चालन गर्ने कार्यालय पुग्न प्रयोग गर्ने बाटो अपाङ्गमैत्री थिएन् । व्यक्तिगत जग्गाको बाटो भएर कार्यालय पुग्नुपर्ने समस्या थियो ।

भवन पछाडिको पाखोमा पर्खाल निर्माण गरेर मूल सडक जोड्ने बाटो निर्माण गरेको कार्यालय प्रमुख तारानाथ सुवेदीले बताए। “व्यक्तिले बाटो नदिएको अवस्थामा कार्यालयमा सेवाग्राही त के कर्मचारी पनि आउन नसक्ने अवस्था थियो”, उनले भने, “मुख्य सडकदेखि कार्यालय भवनसम्म वैशाखी टेकेर, ह्विलचियरमा समेत सहजै आउन मिल्ने गरी अपाङ्गमैत्री बाटो बनाइएको हो ।”

१५ लाख ७५ हजार खर्चेर ४० मिटर लामो र कम्तीमा चार मिटर फराकिलो ढलान गरेको बाटो निर्माण भएको कार्यालय प्रमुख सुवेदीले बताए । कार्यालय भवनको पछाडिपट्टि रहेको भिरालो पाखोमा पर्खाल बनाएर उकासेर फराकिलो बनाई त्यसमाथि ढलान गरिएको छ । डिलतर्फ रेलिङ राखिएको छ । प्रवेशद्वार पनि निर्माण भएको छ । बाटोमा पैदलयात्राका साथै जिप, मोटरसाइकल र स्कुटर गुडाउन सकिन्छ ।

उक्त भवनको भुइँतलामा प्रौढ उमेर समूहकाले अध्ययन गर्ने उज्यालो वैकल्पिक विद्यालय छ । विद्यालयमा करिब ५० जना विद्यार्थी अध्ययरत छन् । पहिलो तलामा रहेको कार्यालय प्रमुख र अन्य शाखाको कार्यकक्षसम्म झ¥याङ चढेर पुग्न नसक्ने अपाङ्गता भएकाहरुको लागि भुइँतलामा रहेको सहायता कक्षमा आएर सेवा दिने व्यवस्था मिलाइएको छ । कार्यालयमा हालैमात्र स्तनपान कक्ष पनि स्थापना भएको छ ।

प्रकाशित समय : ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु