global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।

यस अघि तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुई/दुई अंक रहेको थियो ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु