गृहपृष्ठ देशलाई पर्यटनको उच्च स्तरमा पुर्याउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ: निर्देशक लामिछाने
देशलाई पर्यटनको उच्च स्तरमा पुर्याउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ: निर्देशक लामिछाने
काठमाडौं । नेपाल पर्यटनबोर्ड, गण्डकी प्रदेश कार्यालयका निर्देशक मणिराज लामिछानेले दिगो पर्यटकर बढि पर्यटनको लाभको लागिफोटो पत्रकारिताको ठूलो भूमिका रहने बताएका छन् ।
मंगलबार पोखरामा आयोजित पर्यटक फोटो पत्रकारिता तालिम कार्यक्रममा बोल्दै उनले एउटा फोटोले हजारौं शब्दबोल्ने भएकाले फोटो मार्फत देशलाई पर्यटनको उच्च स्तरमा पुर्याउन सकिने धारणा राखे ।
उनले भने,‘अब आउने पर्यटकहरु दिगो होस् साथै बढि भन्दा बढि पर्यटनको लाभलिन सकियोस् भन्ने विषयमा यो फोटो पत्रकारिताको ठूलो भूमिका रहन्छ। अहिले सामाजिक सञ्जाल एकदमै शक्तिशाली भएको छ । यो समयमा तस्बिरले हजारौं शब्द बोल्छ,नेपालमा मात्र नभई विश्वभर यहाँहरुले खिच्ने फोटो शसक्त भइदियोस् । फोटो मार्फत पनि देशलाई पर्यटनको उच्च स्तरमा पुर्याउन सकिन्छ ।’
नेपाल पर्यटनबोर्ड र ग्ल्म्ए (UNDP-sustainable tourism project) को सहकार्य तथा नेपाल पत्रकार महासंघ कास्की र राष्ट्रिय फोटो पत्रकार समुह कास्कीको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समुह नेपालको आयोजनामा पोखरामा जारी पर्यटक फोटो पत्रकारिता तालिमको आज पहिलो दिन हो ।
प्रकाशित समय : १९:५६ बजे


















