global ime bank Long Banner Ad

गृहपृष्ठ ‘जय मातृभूमी पार्टी’ले पायो आधिकारिकता

‘जय मातृभूमी पार्टी’ले पायो आधिकारिकता

‘जय मातृभूमी पार्टी’ले पायो आधिकारिकता

काठमाडौँ । ’जयमातृभूमी पार्टी’ले आधिकारिकता पाएको छ । राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरुको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकिकरण गरी बनेको ’जयमातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाण पत्र प्रदान गरेको हो । मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रमाणपत्र ग्रहण पछि नेपालवादको सिद्धान्त लिएर नेपाल भरका जनता माझ जाने अध्यक्ष कार्कीले बताए । उनले भने, ’हामीपूर्व सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आबद्ध भएका छौँ । देशभर ८ लाख भन्दा बढीछौँ । जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौँ । हामीलाई जनता माथी विश्वास छ ।’

अध्यक्ष कार्की पूर्व मेजर जर्नेल समेत हुन् । उनी ४० वर्ष नेपाली सेनामा कार्यरत रहे । ’देशकै अवस्था देखेर हामीहरु राजनीतिमा होमिनु परेको हो । कुशासनले देशै नरहला कि भन्ने अवस्था आइसकेको अवस्थामा मातृभूमि र नागरिकको सुरक्षाको लागि हामी आएकाछौं। सचेत नागरिक जागरुक हुन आवश्यक छ’उनले भने ।

पार्टीका महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्ति सँग एलाइन्स गरेर फागुन २१ मा हुने भनिएको निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए । उनले भने, ’हाम्रो पार्टीमा विभिन्न क्षेत्रबाट कुशलता पूर्वक राष्ट्रको सेवाप्रदान गरेका अवकाश प्राप्त योग्य नेताहरु र विभिन्न बिषय विज्ञहरु हुनुहुन्छ, उहाँहरुलाई काँध थाप्ने जेनजी साथीहरु पनि हुनुहुन्छ । अवसर पाउँदा मूलुकको नेतृत्व गर्न सक्ने क्षमतामा राख्छौँ ।’ यो दलको दर्ता नम्बर २२१ रहेको छ । जय मातृभूमि पार्टीको चुनाव चिह्नबच्चा काखमा लिएकी आमा रहेको छ ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु