गृहपृष्ठ बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति
बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रब हादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्य प्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटन सहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।
मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवानयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ।
क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा तथा आयुर्वेद औषधि उत्पादनमा १० नयाँ उत्पादन क्षमता विस्तार गरिएको उनले जानकारी दिए।
जेन–जीआन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ कीमिठु माया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको अर्को महत्वपूर्ण कार्य रह्यो।
कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाबाट भएको क्षतिन्यूनिकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले बताए। लम्पीस्किन रोगविरुद्ध ९६ हजार ३४७डोज खोप वितरण, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोक बजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेत–मुक्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ।
उद्योग, व्यापार तथा श्रम क्षेत्रका उपलब्धिमा २ हजार ६६७नयाँ उद्योग–व्यापार दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान तथा यातायात कागजातमा जरिवाना छुट र पुन र्निर्माण व्यवस्था लागू गरिएको धोरणगत सुधार समेटिएको छ।
युवा, खेलकुद तथा पर्यटन क्षेत्रका उपलब्धिमा ५० योजनाको लागत अनुमान तयार, आठ पर्यटन पूर्वाधार स्थानीयतहलाई हस्तान्तरण, ५३७नयाँ गाइड, होटलतथा एजेन्सीदर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट हस्तान्तरण, पाँच सय विद्यार्थीलाई साइबर क्राइम तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले जानकारी दिए।
बानियाँले १०० दिन भित्रका यी उपलब्धिहरूले प्रदेश विकासमा नयाँ गतिदिएको दाबी गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए।
प्रकाशित समय : २०:१३ बजे

















