global ime bank Long Banner Ad

गृहपृष्ठ मेरो अटो राइडको तेस्रो संस्करण शुक्रबार सुरू हुँदै

मेरो अटो राइडको तेस्रो संस्करण शुक्रबार सुरू हुँदै

मेरो अटो राइडको तेस्रो संस्करण शुक्रबार सुरू हुँदै

मेरोअटो राइड विथ प्रोफेसनलको तेस्रो संस्करण भाेलि शुक्रबार सुरू हुने भएको छ ।

अटोमोटिभ्स प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको राइडको तेस्रो संस्करण काठमाडौंदेखि दोलखाको खरिढुंगासम्म आयोजना हुन लागेको हो ।

अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेका अनुसार शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपबाट सुरू हुने राइड धुलिखेल–पाँचखाल–दोलालघाट–खाडीचौर–मुडे हुँदै खरिढुंगा पुगेर समापन हुनेछ ।

उनले कर्पोरेट क्षेत्रमा काम गर्ने प्रोफेसनलाई राइडमा मार्फत जोडी आन्तरिक पर्यटन प्रबद्र्धन गर्न वषेर्नी राइड आयोजना गर्दै आइएको बताए ।

‘हामीले विगत ३ वर्षदेखि राइड आयोजना गर्दै आएका छौं । यसको मुख्य उद्देश्य भनेको कर्पोरेट क्षेत्रमा काम गर्ने प्रोफसनहरूलाई समेटी राइड मार्फत खासै चर्चामा नआएका पर्यटकीय गन्तव्यहरू प्रबद्र्धन गर्नु हो,’ उनले भने । आगामी वर्षहरूमा पनि राइडलाई निरन्तरता दिइने उनको भनाइ छ ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु