global ime bank Long Banner Ad

गृहपृष्ठ रियलमी १५ प्रो फाइभजी नेपालमा उपलब्ध

रियलमी १५ प्रो फाइभजी नेपालमा उपलब्ध

रियलमी १५ प्रो फाइभजी नेपालमा उपलब्ध

रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो फाइभजी नेपालमा विक्री सुरु गरेको जनाएको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ, विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ।

नेपालभरका रियलमी आधिकारीक विक्रेतामा उपलब्ध यो स्मार्टफोन १२ जीबी र्‍याम + २५६ जीबी स्टोरेज (६६ हजार ९९९ रूपैयाँ) र १२ जीबी र्‍याम + ५१२ जीबी स्टोरेज (७१ हजार ९९९ रूपैयाँ) भेरियन्टमा पाउन सकिन्छ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका दुई आकर्षक रंगमा उपलब्ध छ ।

रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू ४के ६० एफपीएस भिडियो रेकर्डिङ, ६५०० निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, ७०००एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, साथै १४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिनले यसलाई आफ्नो श्रेणीमै विशेष बनाएको छ ।

यसमा रहेको सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर ले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।

साथै, आईपी६९/आईपी६८/आईपी६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, ७००० एमएम² एअरफ्लो भिसी कूलिङ सिस्टम, र पल्स लाइट डिजाइन जस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुवैमा सशक्त बनाएको छ ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु