global ime bank Long Banner Ad

गृहपृष्ठ निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड सहयोग CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा रु एक करोड सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट आज भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो ।

परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई उक्त रकमको चेक हस्तान्तरण गरे। कोषमा हालसम्म सात करोड ५४ लाख जम्मा भएको छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहनेगरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ ।

समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय भएको मन्त्री घिसिङको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु