global ime bank Long Banner Ad

गृहपृष्ठ आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी

आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी

आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी

साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन् ।

उनले काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३० रन बनायो । काठमाडौं अहिले जवाफी ब्याटिङमा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु