हाप्साले ल्यायो आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिट एप
वि.सं.२०८२ मंसिर ३ बुधवार १७:५४
shares

काठमाडौं । हाप्सा नेपालले दरबार हाई स्कुलकाठमाडौँमा शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण स्वरूप पहिलो पटक सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको उद्घाटन गरेको छ ।
बुधबार हाप्सा नेपालद्वारा दरबार हाई स्कूल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको Community Emergency Response ToolkitCERt मोबाइल एपको एक कार्यक्रमका बिच औपचारिक उद्घाटनगर्दै पहिलो पटक सार्वजनिक विद्यालयमा हातले मात्र दिईने सिपी आर र चोकिंग तालिम सम्पन्न गरिएको हो ।
यसले नेपालका विद्यालयहरु र समुदायहरुमा आपत्कालीन तयारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण माइलस्टोन स्थापित गर्ने लक्ष्य हाप्साले लिएको छ ।
हाप्सा नेपालद्वारा, ’सडक साथी’नामको संस्थाको प्राविधिक सहयोगमा विकसित यस सिइआरटी एपले नेपाली भाषामा आपत्कालीन र चोटपटको हेरचाहका सरल, व्यावहारिक भिडियोहरु प्रदान गर्नेछ ।
यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिदाको प्रार्थमिक उपचार (चोकिंग), रक्तश्राव नियन्त्रण, जलन, फ्याक्चार समायोजन, मुटुको चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट) तथा अन्य आपतकालीन अवस्थाहरूमा कसरी मद्दत गर्न सकिन्छभन्ने विषय समेटिएको छ।
साथै, यी सबै भिडियोहरु ग्लोबल हेल्थमिडिया प्रोजेक्टले मूलरूपमा निर्माण गरेका हुन्, सामग्री विशेषज्ञता हाप्सा नेपालका संस्थापकडा. रामु खरेल तथा अन्य अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरुले उपलब्ध गराएका हुन्। हाप्साले सामग्रीलाई नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुने गरी अनुवाद र अनुकूलन गरेको हो।
एपउद्घाटन कार्यक्रम पछि ५० जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सिपीआर र चोकिंग प्राथमिक उपचार सत्रमा सहभागिता जनाएका थिए ।






















