global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौता

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौता

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौता

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा यहाँ स्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन् ।उक्त परियोजनाहरू करिब एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ ।

भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ ।तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् ।

यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशमा रहेका छन् ।छिमेकी मुलुकका रूपमा भारत र नेपालबिच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरणका साथै प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित समय : ०३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु