गृहपृष्ठ सामसङ ग्यालेक्सी ट्याब एस–११ सार्वजनिक

सामसङ ग्यालेक्सी ट्याब एस–११ सार्वजनिक

सामसङ ग्यालेक्सी ट्याब एस–११ सार्वजनिक

सामसङ नेपालले नयाँ ग्यालेक्सी ट्याब एस–११ नेपाली बजारमा सार्वजनिक गरेको छ।

नयाँ ट्याबलेटमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र नयाँ यूजर इन्टरफेससमेत प्रयोग गरिएको छ, जसले लेख्न, चित्र बनाउन, एकैसाथ धेरै काम गर्न र सिकाइमा सहजता ल्याउने जनाएको छ।

११ इन्चको उच्च गुणस्तरको पर्दा, शक्तिशाली प्रोसेसर र सुधारिएको एस–पेनसहितको यो ट्याबलेट सिर्जनशील व्यक्ति, विद्यार्थी र व्यवसायिक प्रयोगकर्ताका लागि उपयुक्त मानिएको छ।

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ट्याब एस–११ ले नेपाली युवाहरूमा उत्पादकता र सिर्जनशीलता बढाउन सहयोग पुर्‍याउने बताएका छन्।

यो ट्याबलेट देशभर सामसङका अधिकृत खुद्रा बिक्री केन्द्रहरूमा पाइने छ। यसको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ।

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु