global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौँ । दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तरराष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद् सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल सङ्घलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल सङ्घ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल सङ्घले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु