global ime bank Long Banner Ad

गृहपृष्ठ अहिले हाम्रो संविधान कठिन अवस्थामा छ : महेन्द्र राय यादव

अहिले हाम्रो संविधान कठिन अवस्थामा छ : महेन्द्र राय यादव

अहिले हाम्रो संविधान कठिन अवस्थामा छ : महेन्द्र राय यादव

काठमाडौं। नेता महेन्द्र राय यादवले अहिले संविधान कठिन रहेको बताएका छन् ।
बुधबार १० राजनीतिक दलबीच बृहतएकता घोषणा कार्यक्रममा बोल्दै उनलेअहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन् ।

उनले स्वार्थ पूर्ण गर्न पुर्न उठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए । उनले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताए ।

‘अहिले संविधान बहुत कठिन अवस्थामा छ यो अवस्थाबाट बचाउ गर्नको लागि स्वार्थी पूर्ण देशमा पुर्न उठान वादी शक्तिहरु प्रतिगामीशक्तिहरु सलबाई रहेका छन् । उसको उदेश्य नेपालको संविधानलाई समाप्तगर्ने, उलंघन गर्नेछन् । यो देशमाभएको उपलब्धिलाई सार्वजनिक गर्नको लागि कम्युनिष्ट पार्टी हामी यो १० पाण्ड्व त ५ भैदियो हामी त यहाँ १० भाई खडा भएका छौँ । अब हाम्रो जित निश्चितछ । त्यसैले यो सबै न्यायको लडाई हो,’उनले भने ।

उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पु-याउनु पर्ने भन्दै जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइदिएको बताए।

‘अब अहिलेको समय मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पु-याउनुपर्ने हुन्छ । जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइ सकेको छ,’उनले भने ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु