काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमालेले मङ्सिर २७ गते काठमाडौंमा जनसभा आयोजना गर्ने

2.67K
shares

नेकपा एमालेले आगामी मङ्सिर २७ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।

प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने साबित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको जानकारी दिए ।

‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा साबित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं,’ उनले भने । यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो ।