नेपाल टेलिकमले विमानस्थलमा सुरु गर्यो निःशुल्क वाइफाइ सेवा
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १४:२१
shares

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका विमानस्थलहरूमा सर्वसाधारण यात्रु लक्षित निःशुल्क वायफाइ इन्टरनेट सेवा सुरु गरेको छ।
सो सेवा शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डे उपस्थित थिए। पहिलो चरणमा यो सेवा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सञ्चालनमा आएको छ।
टेलिकमका अनुसार यो निःशुल्क वाइफाइ सेवा विमानस्थलको आगमन, प्रस्थान, भिआइपी लाउन्ज तथा प्रतिक्षा कक्ष लगायतका क्षेत्रहरूमा उपलब्ध छ।






















