काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादव बिच भेट

3.93K
shares

रौतहट । मधेशप्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेलाजनता समाजवादीपार्टीका अध्यक्ष उपेन्द्र यादव संग भेट गरेका छन् ।

बाराको कलैयामा भएको भेटमादुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा छलफल भएको हो । छठ पर्व सकिए पछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी रहेका मुख्यमन्त्री सोनलले जसपा नेपालका केन्द्रीय अध्यक्ष यादव संग भेटलाई महत्त्वपूर्ण मानिएको छ ।

उक्त भेटलाई मधेश प्रदेशको वर्तमान राजनीतिक समीकरण र सरकार स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको लोकतान्त्रिक समाजवादीपार्टी (लोसपा) बाराले जनाएको छ । मुख्यमन्त्री सोनलले प्रदेशसभामा लिनलागेको विश्वासको मत सम्बन्धमा समेत छलफलभएको सो पार्टीका नेताहरुले जानकारी दिएकाछन ।स्थानीय राजनीतिक विश्लेषकहरूले यो भेटलाई प्रदेशको राजनीतिक गतिशीलता र आगामी सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा लिएका छन् ।

मुख्यमन्त्री सोनलले जनता समाजवादीपार्टी (जसपा) नेपाल, जनमतपार्टी, नेकपा (माओवादीकेन्द्र), लोकतान्त्रिक समाजवादीपार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्।

नेपालको संविधान अनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गतअसोज २९ गते मुख्यमन्त्रीमा सोनल नियुक्त भएकाहुन् ।मुख्यमन्त्रीमा नियुक्त भएपछी सोनल राजनितिक भेटघाट तथा छलफल , बैठकमा व्यस्तछन ।