काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्लाहीको चमेलीमाई मन्दिरमा व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको आरोप, छानबिन गर्न माग

3.53K
shares

सर्लाही । सर्लाहीको चर्चित शक्तिपीठ चमेलीमाई मन्दिरमा आर्थिक अनियमितता र घोटाला भएको आरोप लगाउँदै स्थानीय युवाहरुले छानबिनको माग गरेका छन् ।

आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै युवाहरुले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आम्दानी पारदर्शी रूपमा सार्वजनिक नगरेको र समितिको रकम व्यक्तिगत खातामा राख्ने गरेको आरोप लगाएका हुन् ।

स्थानीय युवा दिपक कुमार यादवले व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आयव्ययको वार्षिक हिसाब सार्वजनिक नगर्ने, पारदर्शिता नअपनाउने र आम्दानीको रकम व्यक्तिगत खातामा राख्ने गरेको बताए । अन्य युवाहरूले पनि समितिभित्र मनोमानी र एकछत्र चलखेल रहेको आरोप लगाउँदै सम्पूर्ण आर्थिक गतिविधिको छानबिन गर्न माग गरे ।

मन्दिरका पूजारी जयबिर झाका अनुसार ‘दक्षिणा मन्दिरमै जम्मा गर्ने र पछि बैंकमा राख्ने गरिन्छ, तर त्यसको लेखाजोखा स्पष्ट छैन,’ उनले भने । सोही क्रममा रसिद काट्ने व्यक्तिले मन्दिरको केही रकम आफूले नै राखेको भए पनि सबै पदाधिकारीको बैठकपछि पारदर्शी हिसाब प्रस्तुत गर्ने बताए ।
स्थानीयहरूका अनुसार जिल्लाको प्रसिद्ध धार्मिक स्थल चमेलीमाई मन्दिरको सरसफाइ र भौतिक सुधारमा समेत व्यवस्थापन समितिले ध्यान नदिएको गुनासो छ । मन्दिर वरिपरि फोहोरको समस्या, सौचालयको अभाव र सजावटमा बेवास्ता भएको उनीहरूको आरोप छ ।