काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूजी लिग फुटबल : प्रथम हुनेले १ लाख २७ हजार ७२७ रुपैयाँ पुरस्कार पाउने

3.8K
shares

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा २७ औँ भूजी लिग फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । अमृत घामछायाँ खेल मैदानमा सुरु भएको प्रतियोगितामा नौं टिमले सहभागिता जनाएका छन् ।

असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैयाँ नगद सहित स्वर्ण पदक तथा रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ६७ हजार ७ सय २७ रुपैयाँ नगदसहित रजत पदक पाउने छ ।

सेमिफाइनलदेखि फाइनलसम्मका खेलमा म्यान अफ द म्याच खेलाडी छनोट गरी आकर्षक पुरस्कार प्रदान गरिने भुजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी दिए ।
सुनुवारको अध्यक्षतामा सुरु भएको खेलको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी र स्थानीयको सहभागिता थियो ।