काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान

2.94K
shares

जनकपुर । जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् ।

मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरुले उक्त अभियान शुरु गरेका बताएका छन् । मिथिलाको मुख्य पोसाकले मिथिलाको पहिचान झल्काउछ भन्दै उनीहरुले आफ्नो पहिचानलाई बचाई राख्न र लोप हुनबाट बचाउन उक्त अभियानलाई निरन्तरता दिने बताए ।
ब्राण्डेड डिजाइन र विदेशी पहिरनको देखावटी गर्ने अहिलेको आधुनिक युगमा मिथिलाको सारी लगाउने परम्परा पनि ओझेल हुन लागेकोप्रति उपस्थित युवायुवतीहरुले चिन्ता व्यक्त गरे ।
उनीहरुले मिथिलाको नारीको पहिचान सारी मात्र रहेको भन्दै आफूहरुले स्पष्ट सन्देश दिनका लागि युवतीहरु सारी लगाएर आएको बताए ।

युवायुवतीहरुले सांस्कृतिक पहिरन जोगाउनका लागि आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा विचारविमर्ष समेत गरेका छन् । उनीहरुले जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा जम्मा भई जानकी मन्दिर प्राङ्गणसम्म पैदल हिँडेर संस्कृति पहिरनको प्रदर्शन गरेका थिए ।