काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज

2.37K
shares

बाजुरा । अबरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अबरुद्ध बनेको उक्त सडकखण्ड असोजको पहिलो साता सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारीको समन्वय, सहकार्य तथा पहलमा दशै तिहारलाई मध्येनजर गरि सडक खुलाउने काम भएको हो ।

पानी रोकिएसँगै नागरिकहरुको समस्या र चाडपर्वलाई मध्येनजर गरि सडक खोलिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको भनाइ छ ।
अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा यात्रुहरूले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको थियो । काम तथा पढाईका लागि बहिर गएकाहरू दशै तिहार मनाउन घर आउने नागरिकहरूलाई मार्तडीदेखि कोल्टीसम्म पुग्न पनि ५ वटा गाडी बदल्नु पर्ने अवस्थामा रहेकोमा दशै तिहारको मुखमै सडक खोलिएको हो ।

साथै, सडक अबरुद्ध हुदाँ स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुदै आएको थियो । अब सडक सुचारू भए संगै स्याउ ढुवानीमा पनि सहज हुने भएको छ । मार्तडी–कोल्टी सडकखण्डबाट माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह, हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट गरि करिब १७ बढि जिल्लाका नागरिक आउजाउ गर्ने गर्छन् ।
ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी–कोल्टी सडकखण्ड समयमै कालोपत्रे हुन नसक्दा वर्षेनी अबरुद्ध हुने गरेको छ । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडी देखि खार चुथीसम्म ९ किलोमिटर त्यस्तै खारदेखि ढम्कनेसम्म ६ किलोमिटर सडकखण्डमा अलि काम भए तापनि अन्य ठाउँमा सडकखण्डको कार्य अस्तव्यस्त छ ।