गृहपृष्ठ आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति भने कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ भने कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु