global ime bank Long Banner Ad

गृहपृष्ठ रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भीड

रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भीड

रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भीड

रामेछाप । पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ रामेछापको बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड लागेको छ ।

राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तिज, दशैँ, तिहार लगायतका पर्व अगाडिका बिहीबारको दिन क्रेता र बिक्रेताहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।

बिहीबारको हाट हिउँदमा गहत, मस्याङलगायतका गेडागुडी खरिद बिक्रीको लागि तथा दशैँको समयमा कुखुरा, बोका र खसी किनबेचको लागि निक्कै चर्चित छ । बिहीबारको हाटमा अन्य उपभोग्य सामाग्रीको साथै खसी, बोका र कुखुरा तथा कपडा, तरकारी लगायतका सामान खरिद गर्ने मानिसहरूको निक्कै भीड थियो ।

हाटमा खसी–बोका तथा उपभोग्य सामान खरिदको लागि जिल्लाका विभिन्न भागका साथै दोलखा, सिन्धुली, ओखलढुङ्गा, काभ्रे लगायतका जिल्लाका मानिसहरू भेला भएका थिए । खसी, बोका र कुखुरा बिक्री गर्न रामेछाप र सिन्धुलीका किसानहरूले रामेछाप हाटमा ल्याएका थिए ।

रामेछाप हाटमा पहिला सिन्धुलीको तीनपाटन, ग्वालटार लगायतको क्षेत्रबाट चामल, चिउरा, सिन्धुलीको बितिजोरबाट केरा, रामेछापका विभिन्न गाउँबाट तरकारी र तराइसम्मका व्यापारीहरूले दैनिक उपभोग्य सामान बिक्रीको लागि ल्याउने गर्दथे ।

अहिले सडक विस्तारसँगै रामेछाप बजार आउने उपभोग्य सामान र उपभोक्ताको क्षेत्र साँघुरिँदै गएको छ । तथापि चाडबाडमा भने विशेष हाट लाग्ने गर्दछ ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु