nmb bank

गृहपृष्ठ दोस्रो महिला फुटसल च्याम्पियनसिपको कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने

दोस्रो महिला फुटसल च्याम्पियनसिपको कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने

दोस्रो महिला फुटसल च्याम्पियनसिपको कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने

काठमाडौ । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते हुने भएको छ ।

गत भाद्र १८ गते गर्ने भनिएको प्रतियोगिता विषेश कारणले आगामी कार्तिक १० गतेको लागि सारिएको आयोजकले जनाएको हो ।

महिला फुटबल र फुटसलप्रति चासो राख्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा नेपालभरका महिला टिमले सहभागिता जनाउन सक्ने छन् ।

सहभागिता जनाउने प्रत्येक टिमले ८ खेलाडी, १ कोच र १ टिम म्यानेजरसहित १० जनाको टिम तयार गर्नु पर्नेछ ।

साथै प्रतियोगितामा १६ वर्षमुनिका खेलाडीले जुनियर र १६ वर्षमाथिका खेलाडीले सिनियर टिमतर्फ सहभागी हुन पाउने अध्यक्ष सगुन थापा मगरले जानकारी दिए । उनको अनुसार यस वर्ष ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको छ ।

अनुसार सिनियरतर्फ राष्ट्रिय खेलाडी वा ए डिभिजन खेलिसकेका खेलाडीले पनि सहभागी हुन सक्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।

यस्तो छ पुरस्कार र नगद राशी
सिनियर विजेता टिमः ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उपविजेता टिमः २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उत्कृष्ट गोलकिपर-खेलाडीः जनही २,५००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर विजेता टिमः २०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उपविजेता टिमः १०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उत्कृष्ट गोलकिपर-खेलाडीः जनही १,५००, ट्रफी, मेडल, प्रमाणपत्र

उपाध्यक्ष एलिना मगरको अनुसार दर्ता आवेदन कार्तिक ७ गते शुक्रबार बेलुका ५ बजेभित्र बुझाइसक्नु पर्नेछ ।

उनको अनुसार सिनियरतर्फ ५,५०० रुपैयाँ र जुनियरतर्फ ३,००० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

प्रतियोगिताको उद्देश्य नयाँ महिला खेलाडीहरूलाई उत्प्रेरित गर्नुका साथै राष्ट्रिय टिमसम्मको यात्रा सहज बनाउने रहेको आयोजकले आयोजकले जनाएको छ । २०८१ मा पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए भने यसपटक कम्तीमा ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको आयोजक संस्थाकी जानकारी दिइन् ।

 

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु