nmb bank

गृहपृष्ठ मन्त्रीघिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

मन्त्रीघिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

मन्त्रीघिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउली बीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा बिहीवार भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटवार्तामा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्र, लगानी र द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको छ ।

मन्त्रीघिसिङले स्विस सरकारले दिएको निरन्तर सहयोगप्रतिध न्यवाद ज्ञापनगर्दै, हालगठित सरकारले चुनाव, आन्दोलनका कारणक्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन कायमगर्ने र युवामा आशा जगाउनेलाई प्राथमिकतामा राखेको बताए।उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत् प्रयोगलाई प्रोत्साहन, स्विस अनुभव अनुसार सडक यातायातमा सुरुङ प्रविधिअनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवद्र्धन र सानाउद्योग मार्फत रोजगारी सिर्जना गर्न तालिमउपलब्ध गराउन आग्रह गरे ।

हालस्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुलनिर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगार मूलक सीप विकास तालिम लगायतका कार्यक्रम सञ्चालनमा छन् । भेटमा राजदूत मेउलीले नेपालको ऊर्जा तथापूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु