nmb bank

गृहपृष्ठ अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३.९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । गएको दुई महिनाको अवधिमा पाँच सय २२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ ।

यो अवधिमा ७५ करोड तीन लाख ४८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

यसैगरी फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । मेची भन्सारबाट चालू आर्थिक वर्षको दुई महिनामा तीन अर्ब ६ करोड ३७ लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८.३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५.२० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५.१० प्रतिशतले वृद्धि भएको छ ।

 

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु