global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुरामा भालुको आक्रमण बाट एक महिला गम्भीर घाईते

बाजुरामा भालुको आक्रमण बाट एक महिला गम्भीर घाईते

बाजुरामा भालुको आक्रमण बाट एक महिला गम्भीर घाईते

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन् ।

घाईते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ बर्षकी श्रमती जौकला रावत रहेकी छन् । उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाईते बनाएको हो ।

रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन् ।

उनका अनुसार,गम्भीर घाईते भएकी रावतको पाखुरा,खुट्टा र टाउको र मुखमा चोटपटक लागेको बताएकी छन् । गम्भीर घाईते भएकी उनलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम लगिएको बताईएको छ ।

छेडेदहमा भालुले आक्रमण गर्ने घटना बढि घट्ने गरेका छन् । यो भन्दा अघि पनि सोही गाउँपालिकाको वडा नम्बर ३ धुर्ताला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावतलाई भालुले आक्रमण गरि गम्भीर घाईते बनाएको थियो ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु