काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिथिलामा ‘दशहारा’ पर्वको रौनक

4.26K
shares

जेनजी प्रदर्शनका क्रममा धनजनको क्षति व्यहोरेका मधेसको प्राचीन मिथिला क्षेत्रका बासिन्दा ती दुःखहरू बिर्संदै ‘दशहारा’ पर्वको तयारीमा जुटेका छन् । मैथिल बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन आज देवी शक्तिपीठ, मन्दिर र देवी प्रतिमास्थलमा घटस्थापनाका लागि कलश यात्रा भइरहेका छन् । जताततै खुसी र उमङ्गको माहोल छ ।

जिल्लाका जलेश्वरस्थित राजदेवीमाई, सन्सारीमाई, औरही–७ भोइलस्थित सोनामाई र बर्दिबासस्थित पञ्चधुरामाई प्राचीनकालदेखिका प्रमुख देवी शक्तिपीठ मानिन्छन् । यी शक्तिपीठसँगै बर्दिबास–१ र १४ स्थित दुर्गामन्दिर तथा सीतापुरबजारस्थित दुर्गा मन्दिरमा पनि आज घटस्थापनाका लागि कलश यात्रा भइरहेको छ ।

यसैगरी जलेश्वर, मटिहानी, लोहारपट्टि, गौशाला, रामगोपालपुर र पिपरासहितका ठाउँमा देवी प्रतिमा स्थापित गरिँदै छन् । यी सबै ठाउँमा आज वैदिक विधिपूर्वक घटस्थापना गरिन कलश यात्रा आयोजना गरिएको हो । यीबाहेक जिल्लाका सबैजसो स्थानीय तहका बस्तीबस्तीमा नयाँ देवी प्रतिमा स्थापित गरिँदैछ ।

यही असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको यो पर्वलाई नवरात्र भनिन्छ । पहिलो दिनदेखि नवौँ दिनसम्म देवी दुर्गााका विभिन्न रुपको आराधना गरिने यो पर्वमा आज पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजाअर्चना गरिने तयारी छ । आज पहिलो दिन देवी प्रतिमास्थलमा घटस्थापनाका लागि एक हजार आठ कन्याले नयाँ माटाका घडामा पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा सुरु गरेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले आज अपराह्न कलशयात्रा आयोजना गरिने बताए ।

“दशहारा पर्वले पुराना दुःख बिर्सेर नव सिर्जनाका लागि उत्प्रेरित गर्छ, हामी यो पर्व उमङ्ग र भक्तिका साथ मनाउने तयारीमा छौँ,” मण्डल भने, “यसको प्रारम्भ आज कलशयात्राबाट गरिने छ ।” कलशयात्रामा एक हजार आठ कन्यासँगै नगरवासीको उत्साहबद्र्धक सहभागिता रहने उनको भनाइ छ ।

मिथिलामा यसअघिदेखिका शक्तिपीठ र देवी मन्दिरमा श्रद्धालु भक्तजनले आजदेखि दर्शन र पूजाआराधना गर्नेछन् । तर माटो मुछेर प्रतिमा बनाई स्थापित गरिने देवीस्थलमा भने फूलपातिका दिन विशेष अनुष्ठान गरेपछि मात्र सर्वसाधारणले दर्शन गर्न पाउने परम्परा छ । यद्यपि यस्ता नवप्रतिमा स्थापित गरिने ठाउँमा पनि आज नै घटस्थापना गरी जमरा राखिने मैथिल परम्परा छ ।

घटस्थापनाका लागि पवित्र जल सञ्चय गरिनु पर्वको महत्त्वपूर्ण विधि रहँदै आएको मैथिल बताउँछन् । कलशयात्रामा आज सांस्कितिक झाँकी र बाजागाजासहित नगर÷ गाउँवासी सहभागी हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरी बताए । अहिले देवी शक्तिपीठ, मन्दिर र प्रतिमा निर्माणस्थलमा सरसफाइ, रङरोगन र प्रतिमा सजधजका काममा आम मैथिल जुटेका छन् ।

यसैबीच बर्दिबास–१ चिहानडाँडा वन नजिकको दुर्गा मन्दिरमा नवरात्र उत्सव तथा पुजनोत्सवका लागि दुर्गा पूजा समिति–२०८२ ले आइतबार नै परिसरको सरसफाइ सम्पन्न गरेको छ । समितिले आज बिहानै घटस्थापना प्रयोजनको जल सञ्चय कलशयात्रा गरेर पवित्र रातु नदीबाट ल्याइएको समितिका संयोजक सुमित्रा भट्टराईले जानकारी दिए ।

आज सोमबार घटस्थापना गरिएर जमरा राखिएपछि नवरात्रको नियमित पूजापाठ सुरु हुनेछ । यस क्रममा नवरात्रको छैटौँ दिन षष्ठी तिथिमा बेलनोत ९बेल निमन्त्रणा० र सप्तमीका दिन फूलपाती राखिने कार्यक्रम सम्पन्न गरिनेछन् । मिथिलामा नवस्थापित माटो मुछेर बनाइने देवी प्रतिमाको आँखा सप्तमी अर्थात् फूलपातिका दिन बिहान बेलको भेट्नुले खोस्रेर खोलिने मैथिल परम्परा छ । यो षष्ठीका दिन निमन्त्रणा गरिएको बेलको भेट्नुले खोस्रेर खोलिने हो । मिथिलामा बेलनौत र बेलटिपी क्रमश षष्ठी र सप्तमीका दिन सम्पन्न गरिन्छन् । यी दुवै विधि बाजागाजासहित उत्सवमय वातावरणमा सम्पन्न गरिने चलन छ ।

मिथिलामा दुईवटा नवरात्र मनाइन्छ । असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । दुवै नवरात्रमा देवी पूजनका समान विधि भए पनि वासन्तीमा जमरा राख्ने चलन छैन । यसैगरी मिथिलामा शारदीय नवरात्रपछि दशमी तिथिमा टीका लगाउने स्थापित परम्परा नभए पनि देवीप्रसादका रुपमा जमरा लगाइन्छ । यद्यपि पछिल्ला केही दशकयता पाहाडीरमधेसीबीचको सांस्कृतिक घुलमिलले अब मिथिलामा पनि दशमीका दिन टीका लगाउने चलन बढ्दै गएको छ ।

अहिले शारदीय नवरात्र प्रारम्भसँगै मिथिलाका बस्तीबस्तीमा झिझिया नृत्यका कार्यक्रमको तयारी छ । यसैगरी यहाँका युवा पुस्ता नवरात्रलाई उत्सवमय र मनोरञ्जक बनाउन लिङ्गेपिङ गाड्ने तयारीमा देखिँदा छन् । मिथिलामा दुर्गामेलाको परम्परा हुँदा कैयौँ ठाउँमा जात्राको तयारी छ । दुर्गा मेला हेर्न जाने भन्दै अहिलेदेखि नै ससाना नानीहरू अभिभावकलाई मनाउन लागिपरेका छन् ।