गृहपृष्ठ अर्थ मन्त्रालयमा ३ सहसचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयमा ३ सहसचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयमा ३ सहसचिवको जिम्मेवारी हेरफेर

अर्थमन्त्री रामेश्वर खनालले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । विशेष गरी नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षको रुपमा स्वार्थ समूहलाई सहयोग गरेको आरोप खेपिरहेका महेश बरालसहित ३ सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।

अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका बराललाई सरुवा गरेर सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रमा पठाइएको छ ।

बराललाई सरुवा गरेर वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सरुवा भएका छन् । यस्तै वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुखमा भने महेश आचार्यलाई लगिएको छ ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु