गृहपृष्ठ तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक लगायत जिम्मेवार नेतालाई कारबाही गर्न शान्ति समाजको माग
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक लगायत जिम्मेवार नेतालाई कारबाही गर्न शान्ति समाजको माग
काठमाडौँ । मानव अधिकार तथाशान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाहीगर्न माग गरेको छ।आइतबार ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै समाजले जेनजी प्रदर्शनका क्रममा अन्धा धुन्धगोलीचलाई दर्जनौ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो ।
विज्ञप्तीमालेखिएको छ,‘मुलतभ्रष्टाचारको विरोधमाजेनजीद्वारा आह्वान गरिएको भदौ २३/ २४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोलीचलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिनगृहमन्त्री रमेश लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्छ ।’त्यस्तै जनधनको अपार क्षति सम्बन्धमा उच्च स्तरीय न्यायिक छानविन आयोग गठनगर्न पनि समाजले माग गरेको छ ।
साथै समाजले जेन जीको आह्वानमा भएको उक्त आन्दोलनको सफलता पश्चात तत्कालिन सरकारले आत्म समर्पण गरिसकेको अवस्थामा पनि भदौ २४ गते भएको राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरुको पहिचान गरि दण्डित गर्नुपर्ने धारणा राखेको छ ।
राज्यको ढुकुटी दोहनगर्दै पुर्व विशिष्टहरुलाई उपलब्ध गराउँदै आएको सेवार सुविधा तत्काल कटौती गर्न समाजको मागछ ।
प्रकाशित समय : १०:०४ बजे



















